www.tandavnews.com
Fact ~ In search of truth

पोखराको याम्दी पुलमुनी दुईवटा भ्रुण फेला, अस्पतालबाट व्यवस्थापन गरिएको हुनसक्छ : प्रहरी

पोखरा
तण्डव न्यूज ।

पोखरा २५ याम्दीस्थित पुल मुनी दुई वटा भ्रुण फेला परेको समाचार छ । हिजो विहान माछा मार्न याम्दी खोलामा पुगेका स्थानीय यूवाहरुको समूहले मानव भ्रुण देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पहिलो भ्रुण देखिएको आसपासमै दोश्रो भ्रुण फेला परेको बताईएको छ । उक्त भ्रुण पेटमै मृत शिसुको हुनसक्ने जानकारी आफूले पाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले ताण्डव न्यूजलाई बताए । “पोखराको साई अर्चना अस्पतालमा मृत्यु भएका शिसुहरु सोही ठाउँमा व्यवस्थापन गरिएको भन्ने प्रारम्भिक जानकारी पाएका छौँ” उनले भने “ राम्रोसंग व्यवस्थापन नगरिएको कारण स्थानीयले देखेको हुनसक्छ।” यसबारे बुझ्न बगर प्रहरीलाई निर्देशन दिईसकेको उनले बताए ।

Batas

घटनाबारे जानकारी पाएसंगै थप अनुसन्धान अगाडि बढाईएको उनको भनाई छ । स्थानीयले भने उक्त भ्रुण विहिबार फालेको हुनसक्ने अनुमान गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.