www.tandavnews.com
Fact ~ In search of truth

भारतमा थपिए ३ लाख १० हजारभन्दा बढी नयाँ सङ्क्रमित, ४ हजार ९० जनाको मृत्यु

एजेन्सी ।

भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दरमा कमी आउन थालेको छ । दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने गरेकोमा विगत केही दिनदेखि त्यो संख्या ५० हजारले घटेको छ ।

कोरोना सम्बन्धी विश्व तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार भारतमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमित थपिने दर ३ लाख ५० हजारको हाराहारीमा रहेको बताएको छ । गत २४ घन्टामा पनि भारतमा ३ लाख १० हजार ८ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Batas

योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । भारत दैनिक सङ्क्रमण दर थपिनेमा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ दिनकै ४ लाखसम्म कोरोना सङ्क्रमित थपिने गरेको थियो । अहिलेपनि ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिने गरेको छ ।

भारतमा कोरोना सङ्क्रमणको दरमा कमी आएपनि मृत्यु दर भने अझै दैनिक ४ हजार रहेको छ । गत २४ घन्टामा ४ हजार ९० जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ३ सय १९ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ करोड ७ लाख ८९ हजार ३८ जना स्वस्थ भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.