www.tandavnews.com
Fact ~ In search of truth

तपाईको मोवाईल भारतबाट आयातित हो? यदि हो भने भोलिबाट बन्द हुनेछन यी सेवा

काठमाडौं,
ताण्डव न्यूज ।

भारत र नेपालमा फरक फ्रिक्वेन्सी हुने भएपछि अब भारतबाट ल्याईएका मोवाईलमा फो जी सेवा सञ्चलनमा कठिन हुने भएको छ । नेपाल टेलिकमले भोलिदेखि ‘भीओएलटीई’ सेवाको परीक्षण थाल्दै छ । यो सेवा प्रयोग गर्न ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल चाहिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीमा आधारित बीटीएस टावरले लामो दूरीमा नेटवर्क पुर्‍याउन सक्छ ।

Batas

तर भारतमा बन्ने मोबाइलहरुले भने ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट गर्दैनन् । ‘भारतमा फोरजीका लागि ८०० मेगाहर्जको फ्रक्वेन्सी नै प्रयोग हुँदैन,’ टेलिकमका प्रबन्ध निर्देशक अधिकारी डिल्ली अधिकारीले भने, ‘यसैले भारतमा बन्ने मोबाइलमा हाम्रो ८०० मेगाहर्जमा आधारित नेटवर्कको सपोर्ट हुँदैन ।’

तर भारतबाहेक चीन, भियतनाम लगायत अन्य देशमा बनेका मोबाइल सेटमा भने यस किसिमको समस्या छैन । यसकारण फोरजी अथवा भीओएलटीई सेवा लिन ८०० र १८०० दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न टेलिकमले ग्राहकलाई आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.