www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ :संक्रमणबाट बैशाखमा मात्र पोखरामा १२३ जनाले ज्यान गुमाए

हाल सम्म महानगरमा ३२२ जनाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरमा कोरोना भाईरसका कारण बैशाख महिनाभर १ सय २३ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये पोखरा महानगरभित्रका ५९ जना र पोखरा महानगर बाहिरका ६४ जना रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले ताण्डव न्यूजलाई जानकारी दिए ।

Batas

अधिकांशको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो भने केहिको होम आईसोलेशनमा मृत्यु भएको उनले बताए । यसरी हेर्दा सरदर दैनिक २ जनाको मृत्यु भईरहेको उनको भनाई छ ।

मृत्यु हुनेमध्ये ३१ वर्ष उमेर देखि ९१ वर्षसम्मका छन् । पोखरामा उद्योगी, पर्यटन व्यवसायी, समाजसेवी र पत्रकार समेतको कोरोना संक्रमणकै कारण ज्यान गुमेको छ ।

पोखरा महानगरमा हालसम्म कूल ३ सय २२ जनाको मृत्यु भएको पौडेलले बताए । तीमध्ये १८० जना पोखरा महानगरका विभिन्न वडाका हुन् भने १४२ जना पोखरा बाहिरका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.