www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ सिनेकर्मी चेतन कार्कीको निधन

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाली सिने क्षेत्रमा दरिलो खम्बाका रुमा रहेका वरिष्ठ कलाकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

हिजो मात्र उनलाई कोरोना संक्रमणपछि काठमाण्डौको छाउनी अस्पतालमा उपचारका लागि लगिएको थियो । सोही अस्पतालमै उपचारका क्रममा आज विहान १० बजे कार्कीको निधन भएको हो । उनी नेपाली सिने क्षेत्रमा मात्र नभई कवि, उपन्यासकार, र गीतकारको रुपमा पनि अब्बल श्रष्टाको रुपमा परिचित छन् ।

Batas

उनीद्वारा निर्देशित विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी जस्ता चलचित्रहरु नेपालीको मनमा बस्न सफल थिए । कार्कीले सयौ नेपाली फिल्ममा कथा लेखन तथा गीत लेखेका छन् ।

उनको निधमा वरिष्ठ कलाकार नीर शाहले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘नेपाली चलचित्र उद्योगले आज एउटा जिउँदो ईतिहास गुमाउनु परेको छ तपाईको निधन भएपनि तपाईका सुत्रहरुलाई हामी सदा जिवित राख्दै पालना गर्नेछौँ” शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसैगरी चेतनले निर्देशनत गरेको सिनेमा पहिलो प्रेममा नायिकाको भूमिकामा काम गरेकी करिश्मा मानन्धरले पनि ‘तिमी मेरो हिरो हौँ ‘भन्दै श्रद्धाञ्जली दिएकी छिन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.