www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ७७७ संक्रमित थपिदाँ आज ४३१ संक्रमित निको भए

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ४ सय ३१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य निर्देशनालयको अनुसार गण्डकी प्रदेशमा आज (आइतबार जेठ २ गते) ७७७ संक्रमित थपिदाँ ४३१ जना निको भएका हुन् ।

Batas

निको हुनेको यो संख्या संक्रमित हुनेहरु भन्दा आधा बढी हो । आज निको हुनेहरुसँगै प्रदेशमा कोरोनाबाट सन्चो हुनेको संख्या १९ हजार ७ सय ६६ पुगेको छ । भने प्रदेशमा हालसम्म संक्रमित बन्नेहरुको संख्या २८ हजार १ सय ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको परीक्षण गर्दा प्रदेशमा ७७७ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेशमा आज एकै दिन २८ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै गण्डकीमा कोरोनाको कारण ज्यान जानेको संख्या ३८३ पुगेको छ ।

हाल प्रदेशमा ८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । ती संक्रमित मध्ये ७ हजार ८ सय ३९ जना होमआइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.