www.tandavnews.com
Fact ~ In search of truth

दुखद् जीप दुर्घटनाको २८ वर्ष : आज मदन आश्रीत स्मृति दिवस

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखराको आमसभा सकेर चितवनतर्फ लाग्दै गर्दा दासढुंगामा नजिकै पुगेपछि जीप एक्कासी नारायणी नदीमा खस्यो ।

उक्त जीपमा सवार रहेकामध्ये जननेता मदन भण्डारी र कुशल संगठक एवं सगठन विभाग प्रमुख जीवराज आश्रीतको निधन भयो । सारा देश शोकमा डुब्यो । सोही कालो दिनको आज २८ वर्ष पूरा भएको छ । आज नेताद्वयको योगदानको चर्चा गर्दै मदन आश्रीत स्मृति दिवस मनाइँदै छ । नोबेल कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण जोखिमका कारण एमालेले कुनै औपचारिक कार्यक्रम आयोजना नगरे पनि बिभिन्न सामाजिक सञ्जालमार्फत नेताहरूले श्रद्धा प्रकट गरेका छन् ।

Batas

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता भण्डारी र आश्रितको स्मृति दिवसमा एक वक्तत्व्य जारी गर्दै जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता जनाएका छन् । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्ने सङ्कल्प गर्दै उनले पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिको रूपमा स्थापति गर्ने र राष्ट्रियताको सम्वद्र्धन, हितको रक्षाका लागि अविचलित क्रियाशील रहने उल्लेख गरेका छन् ।

एमाले नेता माधवकुमार नेपालले पनि दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । स्मृति दिवसमा आज नेता नेपालले एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने उल्लेख गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.