www.tandavnews.com
Fact ~ In search of truth

एमाले नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको निधन

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए ।

Batas

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आएका थिए । उनले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

विसं १९९२ जेठ १० गते नखेल, शान्तिगाउँमा जन्मनुभएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय थिए। भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उनले योगदान दिएका छन् ।

भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पु¥याएका पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताए ।

जनजागरण निबन्धसंग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथासंग्रह र किशोर निबन्धसंग्रहं), ए बाउ घर छोडी जाऊ (गीतिकवितासंग्रह), हामी अब गर्छौँ (लघुकाव्य), परिवर्तित पाइला(नाटक), खुलाल खत्रीको खोज(अनुसन्धानात्मक पुस्तक)लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उनका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।

सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आएका खत्रीलाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मानसमेत गरेका थिए । उनका चार छोरा र तीन छोरी छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.