www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ९ सहित गण्डकीमा २४ संक्रमितको गयो ज्यान

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित थप २४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा थपिएकासँगै प्रदेशमा मृत्यु भएकाहरूको सङ्ख्या चार सय सात पुगेको छ।

Batas

निर्देशनालयको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा म्याग्दीका एक जनाको, पर्वतमा तीन जनाको, गोरखामा एक जनाको, लमजुङमा एक जनाको, तनहुँमा दुई जनाको, कास्कीमा नौ जनाको, बागलुङमा एक जनाको, स्याङ्जामा पाँच जनाको र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

गण्डकीमा पछिल्लो २४ घण्टामा थप आठ सय ५९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि गरिएको छ। उनीहरू मनाङका दुई महिला र तीन पुरुष गरी पाँच जना, म्याग्दीका ४२ महिला र ४२ पुरुष गरी ८४ जना, पर्वतका ११ महिला र १० पुरुष गरी २१ जना, लमजुङका ३५ महिला र ४४ पुरुष गरी ७९ जना, तनहुँका १० महिला र १३ पुरुष गरी २३ जना, कास्कीका एक सय ९१ महिला र दुई सय १७ पुरुष गरी चार सय आठ जना, बागलुङका ३९ महिला र २३ पुरुष गरी ६२ जना, स्याङ्जाका १६ महिला र १९ पुरुष गरी ३५ जना तथा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का ५८ जना महिला र ८४ जना पुरुष गरी एक सय ४२ जना रहेका छन्। यो सँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या २९ हजार ४१ पुगेको छ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा तीन सय ९९ जनाको, विध ल्याब ललितपुरमा ८२ जनाको, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा ३२ जनाको, धौलागिरि अस्पतालमा ७५ जनाको, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ जनाको, लाइफ केयर एन्ड डाइग्नोष्टिकमा एक सय १२ जनाको र मध्य विन्दु अस्पतालमा ९२ जनाको पिसिआर परीक्षण गरिएको थियो।

यस्तै स्वास्थ्य कार्यालय मार्फत म्याग्दीका २० जनाको, लमजुङका दुई जनाको, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का १६ जनाको, तनहुँका तीन जनाको र मनाङका पाँच जनाको एन्टीजेन किटमा परीक्षण गरिएको थियो।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.