www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र पत्रकार संघ कास्कीको ‘क्विक रेस्पोन्स टीम’ गठन

पोखरा,
ताण्डव न्यूज ।

चलचित्र पत्रकार संघ कास्कीले कोरोना महामारीका समयमा संक्रमित तथा अप्ठेरो अवस्थामा भएका चलचित्र पत्रकारलाई सहयोग गर्ने हेतुले क्विक रेस्पोन्स टिम गठन गरेको छ ।

आइतबार भर्चुअल रुपमा बसेको बैठकले अध्यक्ष अरुण गिरीको संयोजकत्वमा सचिव प्रभू अधिकारी, कोषाध्यक्ष अर्पण तिवारी, सह—सचिव सन्तोष बस्याल, सदस्यहरु युनिश गुरुङ र आशिष पूरी रहने गरी ६ सदस्य ‘क्विक रेस्पोन्स टीम’ गठन गरेको हो ।

Batas

क्विक रेस्पोन्स टीमले कास्कीमा संक्रमण भएका चलचित्र पत्रकारको विवरण संकलन गर्ने र अवस्था बुझेर सहयोग गर्ने अध्यक्ष अरुण गिरीले जानकारी गराए । उनका अनुसार सो बारे चलचित्र पत्रकार संघ नेपाल केन्द्रिय समितिलाई समेत जानकारी गराइनेछ ।

महामारीका बेला आपतकालिन स्वास्थ्य कोष स्थापना गर्न संघले विभिन्न सहयोगीदाता र संघसंस्थासँग समन्वय गर्ने उनले बताए । संक्रमण भई अस्पतालमा उपचार गराइरहेका र रकमको अभाव भएका चलचित्र पत्रकारलाई आर्थिक सहयोग गरी संघले उपचारमा टेवा पुर्याउने छ ।

बैठकले वर्षेनी जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस यसपाली भर्चुअल रुपमा मनाउने निर्णय गरेको छ । उक्तदिन प्रदान गरिने ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८’ पनि कोरोनाकालिन समय साम्य हुनासाथ उचित मिति तोकेर प्रदान गरिने बैठकले निर्णय गरेको छ ।

यसका अलवा नेपाल पत्रकार महासंघ कास्की सँग आवश्यक समन्वय गरी कोरोनाका कारण समस्यामा परेका पत्रकारलाई चलचित्र पत्रकार संघ कास्कीले समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

महामारीका बेला सुरक्षित रही पत्रकारिता गर्न अध्यक्ष अरुण गिरीको आग्रह छ । उनले महामारी रोकथाममा सक्रिय साथ लाग्न प्रदेश सरकार र स्थानिय सरकारलाई समेत अनुरोध गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.