www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : ९२४७ जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु, ५७६७ जना संक्रमणमुक्त

काठमाडौं :

तीन दिन कमी आए पनि पुनः सोमबार कोरोना संक्रमण दर बढेको छ । २२ हजार ८७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणमुक्त भएको दर ७४ दशमलव ४ प्रतिशत छ । अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

Batas

मन्त्रालयका अनुसार नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापन गरेको विवरणसमेत समायोजन गर्दा गएको २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ जना पुगेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.