www.tandavnews.com
Fact ~ In search of truth

भएन निषेधाज्ञाको पालना, घटेन कोरोना सङ्क्रमण

काठमाण्डौँ
ताण्डव न्यूज ।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको आदेश पूर्ण कार्यान्वयनमा नआउँदा कोरोनाको सङ्क्रमणदर अपेक्षा गरिएअनुसार नघटेको सरकारले निष्कर्ष निकालेको छ ।

यसैकारण कोभिड–१९ को महामारीका कारण नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा केही हप्ता अझैँ पनि चुनौतिपूर्ण रहेने भएकाले सबै संयमित र सहयोगी भइ एकजुट हुनुपर्ने उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनीतिक गतिविधिका नाममा हुने ठूला जमघट, भेला सङ्ेक्रमण नियन्त्रणमा अनाउनुको कारण देखिएको छ ।

Batas

जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्दै डा अधिकारीले निषेधज्ञाको समयमा अझैँ पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्र कमि आएको भन्दै निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गरे । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.