www.tandavnews.com
Fact ~ In search of truth

इजरायल–प्यालेस्टाइनबीचको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अनुरोध

एजेन्सी,
ताण्डव न्यूज ।

इजरायल–प्यालेस्टाइनबीचको जारी हिंसा रोक्न र सर्वसाधारणको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले अनुरोध गर्ने क्रम बढेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले सर्वसाधारणको रक्षाका लागि अनुरोध गरेका हुन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई निशाना बनाउन छोड्नुपर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले दुवै पक्षलाई सर्वसाधारण र बालबालिकाको रक्षाका लागि अनुरोध गरेका छन् ।

Batas

संयुक्त राष्ट्रसंघले मानवीय क्षतिसँगै गाजाका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । इजरायल–प्यालेस्टाइनबीचको हिंसा दोस्रो हप्तामा प्रवेश गरेको छ । गएको हप्ताको सोमबारदेखि त्यहाँ हिंसा जारी छ ।

अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने इजरायलमा दुई बालबालिकासहित १० जना मारिएका छन् । इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र सर्वसाधारण बिना नियत मारिएको बताएको छ । तर गाजामा नियन्त्रण कायम गरेको हमासले भने मारिने सबै सर्वसाधारण रहेको दावी गर्दै आएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.