www.tandavnews.com
Fact ~ In search of truth

‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन पर्ने,शनिबारदेखि मौसम सुध्रिने

पोखरा,
ताण्डव न्यूज ।

अरब सागरमा विकसित ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने भएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा दोहोरो मौसमी असर सुरु भएको छ । अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु¥याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Batas

चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्ने उल्लेख गर्दै उनले शनिबारदेखि मौसममा सुधार हुँदै जाने बताए ।

महाशाखाका अनुसार आजसम्म सामान्य रहने चक्रवातको असर भोलिदेखि भने शुक्रबारसम्म भने अलिक बढी हुनेछ । यो समयमा आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.