www.tandavnews.com
Fact ~ In search of truth

दर्ता विना सञ्चालित पोखराको विध ल्याब बन्द

जीवन सुवेदी,
पोखरा/ ताण्डव न्यूज ।

पोखरामा रहेर कोरोना संक्रमण परिक्षणमा सक्रिय रहेको विध ल्याब बन्द भएको छ ।

विना दर्ता सञ्चालन गरिएको भन्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासन लगायतको संयुक्त टोलीले ल्याब बन्द गर्न निर्देशन दिएपछि ल्याब बन्द भएको हो । अनुगमनका क्रममा ल्याब दर्ता नभएको फेला परेपछि बन्द गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराले जनाएको छ ।

Batas

ल्याबले पोखरामा नै मेसिन राखेर पीसीआर परीक्षण गरेको पाईएपछि बन्द गराईएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त प्रमुख सपना सुवेदीले ताण्डव न्यूजलाई जानकारी दिईन् ।

पीसीआर परीक्षणका लागि नमुना काठमाडौं पठाउने भन्दै सो ल्याबले स्वाब संकलन शुरु गरेको उनले बताईन । ‘शुरुमा त यहाँस्थित प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासन लगायतले काठमाडौंमा लगेर पीसीआर गर्ने भनेको थियो, तर पोखरामै मेसिन राखेर परिक्षण गरेको थाहा पाएपछि कारवाही गरिएको हो’ सुवेदीले भनिन् । ल्याबले छोटो समयमै रिपोर्ट दिन थालेपछि पोखरामै परिक्षण भएको थाहा पाएको उनले बताईन् ।

अब के हुन्छ भन्ने ताण्डव न्यूजको प्रश्नमा सुवेदीले भनिन‘हामीले कारवाहीका लागि सिफारिस गरेका छौँ, एक्सन लिने भनेको माथिबाट (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले) नै हो’ उनले भनिन । ल्याब र मेसिनहरु परिक्षण गर्न योग्य भएपनि दर्ताको प्रकृया पूरा गरेमा पुनः ल्याबको सेवा सुरु हुन सक्ने उनले उल्लेख गरिन् ।‘उहाँहरुले आफ्नो प्रकृया पु¥याएपछि पुनः सञ्चालन गर्न पाउनुहुन्छ’ सुवेदीले भनिन् । काठमाडौंमा मुख्य कार्यालय रहेको ल्याबले कोरोना माहामारी शुरु हुने समयमा पोखरामा शाखा खोलेको थियो ।

ल्याबमा सोमबार अनुगमन गरिएको थियो । महामारीका बेला लापरवाहीपूर्वक झुक्याएर पिसीआर परीक्षण गर्ने बिध ल्याबलाई ‘सिल’ गरिएको निमित्त प्रमुख सुबेदीले बताईन् ।

पिसीआर परीक्षण्का लागि सरकारी अस्पताल टेकु अस्पतालबाट ए ग्रेडको प्याथोलोजी ल्याब भएको प्रमाणपत्र वा नेपाल सरकारबाट स्वीकृत प्राप्त टिचिङ हस्पिटल जसले कोभिडका विरामीका लागि २० प्रतिशत बेड छुट्याएको अस्पतालले मात्र गर्न पाउने ल्याब विज्ञहरु बताउँछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.