www.tandavnews.com
Fact ~ In search of truth

आफन्तबाट दाहसंस्कार हुन थालेपछि समुदाय त्रसित

रोल्पा ।

सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा संक्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् ।

कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका­ २ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।

Batas

शव अस्पताल पु¥याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले गरेका छन् । नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका कारण दाहसंस्कारमा समेत जमघट हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ ।

‘कोरोना संक्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सङ्क्रमण भयावह हुने देखिन्छ,’ छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर फर्किएका रोल्पा नगरपालिका ­४ का विनोद आचार्यले भने । मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि संक्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । आफन्तको मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि आफूहरुले नै शवको अन्त्यष्टी गरेको रोल्पा नगरपालिका­४ का धनराज डाँगीले बताए ।

कोरोनाबाट अस्पतालमा मृत्यु भएकाहरुलाई प्लाष्टिकले राम्रोसँग मोडेर संक्रमण बाहिर नजाने गरी शवको अन्त्यष्टी गरिनुपर्ने रोल्पा हुन्छ । आफन्त र अस्पतालको समन्वय बिना शवको अन्त्यष्टी गर्ने भन्ने कुरा नै हुँदैन प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

‘कोभिडका कारण मृत्युभएको सुनिश्चित नभएसम्म सेना जाँदैन’, प्रजिअ सापकोटाले भने । कोरोनाको पहिलो लहरको बेला सबै शव सेनाले नै अन्त्यष्टी गर्ने नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्यष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उनको भनाइ छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.