www.tandavnews.com
Fact ~ In search of truth

चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

भारत।

भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ ।

मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ ।

Batas

सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ ।

सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।

मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.