www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्यो,गण्डकीमा १५ संक्रमितले गुमाए ज्यान

पोखरा महानगरका २ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

कास्की जिल्लामा आज कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांक अनुसार कास्कीमा पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश बाहिरको जिल्ला गुल्मी चन्द्रकोट गाउँपालिका ७ का ३६ वर्षिय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

Batas

यो सँगै पोखरामा आज कास्कीका २ र पोखरामा उपचार गराइरहेका बाहिरी जिल्ला गुल्मीका १ गरि ३ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १४ का ७२ वर्षीय पुरुष र वडा नम्बर १३ का ४६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै आज गुमाउनेमा सबैभन्दा धेरै बागलुङ जिल्लाका छन् । बागलुङका ४ संक्रमितले उपचारको क्रममा ज्यान गुमाएका छन् ।
बागलुङ ताराखोला गाउँपालिका १ का २९ वर्षीय संक्रमित पुरुष र गल्कोट नगरपालिका १ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भने बागलुङ नगरपालिका ७ का ५४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको छ ।

अर्का बागलुङ काठेखोला गाउँपालिका ८ का ७९ वर्षीय संक्रमित पुरुषको भने धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो ।

यस्तै आज मुस्ताङका दुई संक्रमितको मुस्ताङमै उपचारको क्रममा मृत्यु भएको छ । मुस्ताङ थासाङ गाउँपालिका ४ की ८५ वर्षीय महिलाको लेते प्राथमिक स्वास्थ्य केन्द,्र मुस्ताङ र मुस्ताङ घरपजोङ गाउँपालिका ३ का ५५ वर्षीय पुरुषको मुस्ताङ जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।

यसैबीच नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका २ की ४४ वर्षीय महिला र र कावासोती नगरपालिका ११ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै तनहुँका दुई संक्रमितमध्ये एक जनाको होम आइसोलेसन र एकको पोखराको फेवासिटी अस्पतालमा मृत्यु भएको छ ।
फेवासिटीमा उपचारका क्रममा ज्यान गुमाउने महिला तनहुँ व्यास नगरपालिका ३ की हुन् भने देवघाट गाउँपालिका ५ की ६८ वर्षीय महिलाको होम आइसोलेसनमा मृत्यु भएको निर्देशनालयले बताएको छ।

त्यस्तै पर्वत जलजला गाउँपालिका ४ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको जनप्रिय अस्पतालमा ज्यान गयो ।
स्याङजा वालिङ नगरपालिका ९ की ७२ वर्षीय कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक सहित हालसम्म गण्डकीमा ४२२ संक्रमितले ज्यान गुमाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.