www.tandavnews.com
Fact ~ In search of truth

कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाडौं ।

आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा ९एमाले० को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए। उनले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध, र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई हार्दिक आह्वान गर्ने निर्णय पनि भएको बताए ।

Batas

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, नेता सुवासचन्द्र नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो । आजको बैठकमा काम विशेषले सदस्यहरु विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो ।

कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व)को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पूरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.