www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा निर्वाचनमा थापालाई नेता नेपालको साथ

काठमाडौँ ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् । कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन (वाग्मती प्रदेश) हुँदै छ । गृहमन्त्री थापा नेकपा ९एमाले० का तर्फबाट उम्मेदवार छन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार छन् । भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा ९माओवादी केन्द्र० का सिफारिशमा उनी पदमुक्त भएका थिए ।
रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.