www.tandavnews.com
Fact ~ In search of truth

१ सिटे राजीव गुरुङ (दिपक मनाङ्गे) आज पुनः मन्त्री बन्दै

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः शपथ लिएपछि पृथ्वीसुब्बा गुरुङले आज अपरान्ह २ बजे मन्त्रीमण्डल विस्तार गर्दैछन् ।

विस्तारित मन्त्रीमण्डलमा यसअघि ११ दिन युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका राजीव गुरुङले पुनः सोही मन्त्रालय पाउने पक्का भएको स्रोतले जनाएको छ । गुरुङ मनाङबाट निर्वाचत स्वतन्त्र प्रदेश सांसद हुन् ।

Batas

मुख्यमन्त्री गुरुङले मन्त्रीमण्डल विस्तार गर्दा संघकै फर्मुला अपनाउने भएका छन् । जसअनुसार प्रदेशमा यसअघिका मन्त्रीहरुले पुनः अवसर पाउने भएका छन् । प्रदेशमा कानून तथा आन्तरीक मामिला र कृषिमन्त्रीको भने टुंगो लागेको छैन । उक्त मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो ।

मन्त्रीमण्डल विस्तारसँगै मुख्यमन्त्री निवासमा मन्त्रीहरुको शपथ ग्रहण गरिने कार्यक्रम रहेको छ । यसबाहेकका अन्य मन्त्रालयमा पुरानै मन्त्रीहरु नियुक्त हुने बताइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.