www.tandavnews.com
Fact ~ In search of truth

माधव पक्षका सांसद सापकोटालाई मन्त्रीको प्रस्ताव, तर भन्छन् : ‘मलाई थाहा छैन’

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशको मन्त्रीमण्डल विस्तार आज २ बजेपछि हुँदैछ । मन्त्रीमण्डल विस्तारसँगै हुने शपथ ग्रहणमा सहभागी हुन सांसदहरु तयारी अवस्थामा रहेका छन् ।

नेकपा एमालेमा देखिएको विवाद टुंगो लगाउन केन्द्रमा पहल भइरहेकोबेला गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटालाई मन्त्री बनाउने प्रयास गरेको बताइएको छ । सापकोटा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुन् ।

Batas

‘माननीयज्यूलाई मन्त्रीको प्रस्ताव गरिएको हो’ मुख्यमन्त्री स्रोतले भनेको छ ‘उहाँले अहिले जिम्मेवारी लिनुभन्दा पनि सरकारले विश्वासको मत लिएपछि सहमागी हुन रुचि देखाउनु भयो ।’

यस विषयमा सांसद सापकोटासँग सम्पर्क गर्दा उनले आफुलाई थाहा नभएको बताउँदै कोही, कतैबाट प्रस्ताव नआएको प्रतिक्रिया दिए । ‘म पोखरा घरमै छु, मलाई कोही, कसैले मन्त्रीको प्रस्ताव गरेको छैन’ उनले स्पष्ट पारे । यद्यपि, मुख्यमन्त्री स्रोतले भने एक महिनापछि सापकोटालाई मन्त्रीको जिम्मेवारी दिने आन्तरीक तयारी भएको जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.