www.tandavnews.com
Fact ~ In search of truth

‘प्रिय कमरेडहरु …’ भन्दै प्रधानमन्त्री स्वयंले बादललाई भोट मागे

पोखरा
ताण्डव न्यूज ।

बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थाप ‘बादल’ र कांग्रेस–माओवादी केन्द्रका खिमलाल देवकोटाबीच बिहीबार प्रतिष्पर्धा हुँदैछ । निर्वाचनमा बादललाई जिताउन प्रधानमन्त्री केपी शर्मा ओलीले अपील गरेका छन् । प्रम ओलीले आज पार्टीको केन्द्रीय कार्यालयमार्फत अपील जारी गर्दै सूर्य चिन्हमा मतदान गरी बादललाई जिताउन आव्हन गरेका हुन् ।

‘यस निर्वाचनमा पार्टीका उम्मेदवार बादललाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन आव्हान गर्दछु’ अपीलमा उल्लेख छ । त्यस्तै, उनले एकताबद्ध संकल्प र सफलताले पार्टीलाई नयाँ उचाइमा पु¥याउने समेत उल्लेख गरेका छन् ।

Batas

गृहमन्त्री बादल ०७४ मा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । यसैगरी, जेठ १७ गते लुम्बिनीबाट प्रतिनिधित्व हुने राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि निर्वाचन हुँदैछ ।

अपिल

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.