www.tandavnews.com
Fact ~ In search of truth

पोखरा:वार्षिक परीक्षा नहुने,आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न निर्देशन

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका विद्यार्थीले बार्षिक परीक्षा दिनु नपर्ने भएको छ ।

महानगर शिक्षा महाशाखाले महानगरका विद्यलायहरुलाई सुचना जारी गदै महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।

Batas

पोखराका केही विद्यालयले अनलाइन मार्फत परीक्षा लिइसकेका छन् भने केहीले बैशाखमै भोैतिक उपस्थितिमै परीक्षा लिएका छन् । वार्षिक परीक्षा सञ्चालन गरेका स्कुले शुल्क उठाइसकेका छन् । महाशाखाले कक्षा आठको बार्षिक परीक्षा नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी पूनः सुचना प्रकाशन गर्ने जनाएको छ ।

महानगरले शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य असार १ गतेबाट मात्र सुरु हुने गरी निर्णय भएकाले सोही बमोजिम गर्न समेत महानगरले विद्यालयका नाममा सूचना जारी गरेको छ ।

कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.