www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकार : गुरुङले आर्थिक मामिलाको शपथ खाए, तीन जनाको विभाग टुङ्गीएन

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ३ जना बिना विभागीय मन्त्री बनाउँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल विस्तार गरेका छन् । दोश्रोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले आज नियुक्त गरेका ५ जनामध्ये ३ जनालाई मन्त्रालय टुंगो नलगाई मन्त्री बनाईएको हो ।

आर्थिक मामिला मन्त्रीमा किरण गुरुङ र यूवा तथा खेलकूद मन्त्रीमा राजीव गुरुङ दिपक मनाङेलाई नियुक्त गरिएको छ ।

Batas

मन्त्री बनेका रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालको भने जिम्मेवारी तोकिएको छैन । यसअघि बस्नेत भौतिक पूर्वाधार तथा योजनामन्त्री थिए । त्यस्तै नरदेवी पुन सामाजिक विकास मन्त्री थिईन् भने लम्साल वन वातावरण तथा पर्यटन मन्त्री थिए ।

नवनियुक्त सबै मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथग्रहण गराएकी छिन् ।

शपथ ग्रहणमा राजीव गुरुङ भने उपस्थित भएनन् । उनी काम विशेषले काठमाण्डौ भएकाले उपस्थित नभएको जनाईएको छ ।

बहुमतीय सरकार गठनको कसरतमा काँग्रेस माओबादी गठबन्धनले संख्या पु¥याउन नसकेपछि गत बैसाख २९ गते पृथ्वीसुब्बा गुरुङ दोश्रोपटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.