www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु

पोखरामा ८ सहित प्रदेशभरका ३० जनाले गुमाए ज्यान

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा हिजो संक्रमितको मृत्युदर घटेको भोलिपल्टै आज भने हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेश तथ्यांक अनुसार आज एकै दिन प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका छन् । हिजो प्रदेशभर १५ संक्रमितको ज्यान गएको थियो ।

Batas

निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी पूर्वका २ जना रहेका छन् ।

पोखरा महानगरपालिका १९ की ४८ वर्षीय संक्रमित महिला, पोखरा महानगरपालिका ८ का ५९ वर्षीय महिला, पोखरा १४ का ५६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज,पोखरा १५ की ७५ वर्षीय महिलाको ग्यालेक्सी अस्पतालमा र पोखरा १४ का अर्का ५४ वर्षीय संक्रमित पुरुषको अस्पताल लैजाने क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशबाहिरको जिल्ला रुपन्देहीका एक संक्रमितको मणिपाल अस्पताल र पाल्पा तानसेनका एक संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.