www.tandavnews.com
Fact ~ In search of truth

वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान शुरु

काठमाण्डौँ
ताण्डव न्यूज ।

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि आज मतदान शुरु भएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर निर्वाचन शुरु गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानवको समयावधि तोकिएको छ । हेटौँडा–४ मा रहेको भुटनदेवि स्कुलको चौरमा मतदानपछि साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी बताए । उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धामा छन् ।

Batas

एमालेको आधिकारीक उम्मेद्वार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेको भन्दै थापाले दलीय व्यवस्थालाई स्वीकार गरेकाले स्वतन्त्र उम्मेद्वारलाई भन्दा अन्य दलका मतदाताले समेत आफूलाई मतदान गर्ने बताएका छन् । नेकपा एमाले ओली पक्षले गृहमन्त्री थापा नै आधिकारिक उम्मेद्वार भन्दै ह्वीप जारी गरेको छ ।

काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षका डा खिमलाल देवकोटा उम्मेद्वार छन् । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी ३ सय ४८ मतदाता रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.