www.tandavnews.com
Fact ~ In search of truth

अमर नागिलाको छलाङ्ः एमालेमा आए, डीन भए

पोखरा
ताण्डव न्यूज ।

राजनीतिक दल चाहार्दै हिड्ने छवि बनाएका डा. अमर नागिला पछिल्लो पटक नेकपा एमालेमा प्रवेश गरेपछि पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीनमा नियुक्त भएका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिनमा नियुक्त गरेको हो ।

उनले एमालेको पार्टी सदस्यता लिएको बारे एमालेकै एक यूवा नेताले पुष्टि गरे । ‘हो उहाँले पार्टी सदस्य लिनुभयो, तर कहिले भनेर यकिन मिति थाहा भएन’ ती नेताले भने ।

Batas

डा. नागिला वामपन्थी धारकै समर्थक रहेपनि नेकपा माओवादीबाट अलग्गिएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उतै लागेका थिए । त्यसपछि भट्टराइले पार्टीलाई मधेशी दलसँग एकीकरण गरेपछि डा. नागिला एमालेमा प्रवेश गरेका हुन् ।

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापक रहेका डा. नागिला लाइफकेयर डाइग्नोस्टिक ल्याबका सञ्चालकसमेत हुन् । एमालेभित्रका माधव पक्षधर एक स्थानीय नेताले नागिलालाई ‘व्यक्तिगत र व्यावसायिक स्वार्थकालागि जतापनि ढल्कने’ भनि टिप्पणी गरेका छन् ।

स्वास्थ्य विज्ञान संकायको डीनमा डा. नागिलासहित कार्यकारी परिषद्ले मानविकी तथा समाजशास्त्र संकायको डिनमा डा. अजय थापा र विज्ञान तथा प्रविधि संकाय डीनमा डा. रमेशकुमार ठगुराठीलाई नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.