www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष दर्शन लामा : जो ‘कोभिड बेड’ बारे निरन्तर अपडेट दिइरहेछन्

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

कोभिड-१९को महामारीले देश आक्रान्त छ । स्वरुप परिवर्तन गर्दै कोभिडले मानव शरिरमा थप जटिलता उत्पन्न गराइरहेको छ ।

विश्वमा सन् २०१९मा पहिलोपटक पत्ता लागेको कोभिड-१९को अहिले तेस्रो भेरियन्ट समेत सक्रिय भइसकेको छ । नेपालमा पनि अधिकांश संक्रमितमा भेरियन्टको संक्रमण देखिएको पुष्टि भयो ।

Batas

पहिलेजस्तो आइसोलेशनमा सामान्य उपचारपछि संक्रमणमुक्त हुने अवस्था अहिले छैन । अधिकांश संक्रमितमा अक्सिजनको अभाव देखिएको छ । संक्रमित अस्पतालमै भर्ना भएर बस्नुपर्ने अवस्था छ ।

जटिल बन्दै गइरहेको कोभिडका कारण यतिबेला देशका अस्पतालमा बेड र अक्सिजनको अभाव भइरहेको छ । एम्बुलेन्समा बोकेर अस्पताल चहार्दा चहार्दै संक्रमितले ज्यान गुमाउनु परेको समाचारहरु आइरहेका छन् । कुन अस्पतालमा कति बेड खाली छन् ? पत्तै हुँदैन ।

यसै दृष्टान्तलाई अध्ययन गर्दै पोखरा-१३का वडाध्यक्ष दर्शन लामा यतिबेला पोखरामा कुन अस्पतालमा कति कोभिडका बेड खाली छन् ? भनेर सामाजिक सञ्जालमा अपडेट दिइरहेका छन् ।

पोखरा महानगरकै स्मार्ट वडाध्यक्षको रुपमा परिचित लामाले आफुसँग सम्पर्क गर्नेहरुलाई पनि खाली भएका कोभिड बेड व्यवस्थापनमा सहजीकरण गरिरहेका छन् ।

‘संक्रमितहरुलाई गाह्रो भइहाले कहाँको अस्पतालमा लैजाने भन्ने नै जानकारी छैन । कुन अस्पतालमा कति कोभिडका बेड खाली छन् भनेर थाहा हुँदैन । त्यसैले यो अपडेट गराइराख्नु अत्यन्तै महत्वपुर्ण छ । बिरामीहरुले समयमै उपचार पाउन सक्छन् ’ वडाध्यक्ष लामाले ताण्डव न्यूजसँग भने ‘दिनको एकपटक मात्रै अपडेट गराएर हुँदैन । बेडमा बिरामी आइसकेको हुनसक्छ । त्यसैले पटक पटक अपडेट दिइराख्नु पर्ने हुन्छ । यसको लागि मैले अस्पतालका साथीहरुसँग समन्वय गरिरहेको छु । उहाँहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।’

वडाध्यक्षको लामाको फेसबुक लिंक : https://www.facebook.com/lama.darshan

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.