www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ : सहयोग उपसमितिलाई वडाध्यक्षले दिए एक महिनाको तलब

पोखरा
ताण्डव न्यूज ।

कोभिड–१९ सहयोग उपसमिति पोखरा–२१ लाई वडाध्यक्ष खगराज आचार्यले एक महिनाको तलब सहयोग गरेका छन् । अध्यक्ष आचार्यले उपसमिति गठन भएको दिनमा १० हजार र मंगलबार १९ हजार रुपैँया गरि २९ हजार रुपैँया सहयोग उपसमितिका अध्यक्ष अर्जुन गिरीलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै वडाध्यक्ष आचार्यले कोभिड नियन्त्रण तथा रोकथामको लागि सबै मिलेर दिनरात नभनी काम गरेको बताए । ‘कोभिड विरुद्ध लड्न हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौ,’ उनले भने, ‘कोभिडको लागि काम गर्न यस बर्ष बजेट नभएपनि अर्को वर्ष निकासा गर्ने गरी काम अघि बढाएका छौँ । कोभिडको बेला नियन्त्रण तथा रोकथामको लागि सर्वदलीय वैठकबाट नै उपसमिति गठन गरेका छौँ । त्यो उपसमितिले निकै राम्रो काम गरेको छ । उपसमितिलाई देश तथा विदेशबाट गरि सबैले सहयोग पठाएका छन्, सहयोग पठाउने प्रति आभारी छौं ।’

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.