www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो क्षेत्रका जनतालाई सांसद भट्टराईको आग्रहः ‘ उपचारमा अप्ठेरो परे सम्पर्क गर्नु’

पोखरा ।

प्रतिनिधी सभा सदस्य विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा सञ्चालन हुन लागेको आइसोलेसन केन्द्रको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् ।

वडाको नेतृत्वमा स्थानीय सामाजिक अभियन्ताहरुको सक्रियतामा उक्त ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालन हुन लागेको भट्टराईले बताएकी छिन् ।

Batas

कास्की निर्वाचन क्षेत्र न. २ बाट निर्वाचित भट्टराईले महामारीका बेला जनतासँग आफूहरु रहेको भन्दै स्वास्थ्य पूर्वाधार निर्माणका योजनाहरु अघि बढाएको जनाएकी छिन् ।

एक प्रेस नोट जारी गर्दै उनले ,पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको, प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको, साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा सञ्चालनमा ल्याउने तयारी अघि बढाएको जानकारी दिएकी छिन् ।

यस्तै पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको प्रेस नोटमा उल्लेख गरिएको छ।

भट्टराईले आफ्नो क्षेत्रका जनताहरु उपचारको अभावमा प्रताडित हुन नपरोस भन्दै कुनै पनि अफ्ठेरो परे ९८४१५४९४२८/९८४६२६१५३९मा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.