www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः आज मृतक घट्दा संक्रमित बढे,हिजोको तुलनामा संक्रमितको संख्या दोब्बर

स्याङ्जाका मात्रै ६११ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज मृतकको संंख्या घटदाँ संक्रमित भने बढेका छन् । प्रदेशमा दिनमा बढेका संक्रमित मध्ये आज हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।

निर्देशनालयले दिएको जानकारी अनुसार आज एकै दिन गण्डकीमा १ हजार ३ सय ७२ जना संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६० पुगेको छ ।

Batas

गण्डकीमा हिजो मृत्यु भएको तुलनामा आज कम संक्रमितले ज्यान गुमाइरदाँ संक्रमित भने हिजोको तुलनामा दोब्बरले बढेको हो । प्रदेशमा हिजो ६८८ संक्रमित थपिएका थिए भने ३० संक्रमितले ज्यान गुमाएका थिए ।

आज थपिने संक्रमितमा सबैभन्दा धेरै स्याङ्जाका छन् । स्याङ्जा ६११ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ । यस्तै आज कास्कीका ३५३,गोरखाका १५६,नवलपरासीका ९४,तनहुँका ९३,म्याग्दीका २१,पर्वतका १८,लमजुङका १६,बागलुङका ९ र मुस्ताङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

आज प्रदेशभर ४३३ जना संक्रमणमुक्त भए । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१ ह्जार ३ सय ९८ रहेको छ । हाल प्रदेशमा १० हजार १ सय ८८ जना सक्रिय संक्रमित छन् ती मध्ये ९ हजार ९ सय ९ जना हामे आइसोलेसनमा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.