www.tandavnews.com
Fact ~ In search of truth

बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना

लण्डन ।

बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरी औपचारिकता दिइएको थियो । कार्यक्रममा बोल्दै राजदूत रेग्मीले यस सम्बन्धले नेपालसँग सांस्कृतिक, आर्थिक र थप नजिकको सम्बन्ध स्थापना गर्ने बताए ।

बार्नेट बरोका उपमेयर लक्ष्य गुरुङको विशेष पहलमा जोडिएको उक्त भगिनी सम्बन्ध समारोह कार्यक्रममा बोल्दै मेयर क्यारोलिनले यस बरोमा रहेका नेपालीले यहाँको आर्थिक, सामाजिक एवं सबै क्षेत्रमा सहयोग गर्दै आइरहेको र अब बनेको यो सम्बन्धले नेपालमा पनि सोहीअनुरूप सबै क्षेत्रमा टेवा पुग्ने बताए । लामो समयदेखि नेपालसँग कुनै न कुनै रूपमा यो ठाउँलाई जोड्न खोजिरहेको सन्दर्भमा अहिले उपयुक्त समय आएको र यसले नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उपमेयरको भनाइ थियो ।

Batas

कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, नेपाली समुदायमा परिचित समाजसेवी सूर्य गुरुङको समेत उपस्थिति थियो । बेलायतमा लामो समय बस्दै आएकी गुरुङ आफू पनि पोखरावासी नै भएको र आज यस सम्बन्ध स्थापना हुँदा एकदम खुशी लागेको बताइन् । पोखराजस्तै देशका अन्य ठाउँसँग पनि बेलायतका विभिन्न ठाउँलाई जोड्न सके बेलायत र हाम्रोबीचको लामो सम्बन्धलाई थप बलियो बनाउने समाजसेवी गुरुङको तर्क थियो ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.