www.tandavnews.com
Fact ~ In search of truth

एनआरएन अमेरिकाको अध्यक्षमा पोखरेली केसीको उम्मेदवारी

पोखरा ।

पोखराका तिलक केसीले गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको वर्ष २०२१–०२३ का लागि उम्मेदवारी दिएका छन् ।

विगत २० बर्ष देखि अमेरिकामा रहेर अध्यन, अध्यापन सहित व्यवस्थापन र सामाजिक क्षेत्रमा सक्रिय के.सीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । के.सी यस अघि एनआरएन एन.सी.सी समितिको विभिन्न पदमा रहदैँ कार्य समाल्दै आएका थिए ।

Batas

पोखरामा रहदाँ राजनैतिक, सामाजिक क्षेत्रमा सक्रिय के.सी विशेषत पोखराका स्थापित संस्था सृजना विकास केन्द्र , साविक सृजना युवा क्लव, सृजना महिला सहकारी रेडक्रस , र नेतृत्व विकासमा युवा विषय तालिममा कुशल प्रशिक्षक रहेका थिए ।

साथै उनले विभिन्न क्याम्पस, विद्यालयहरुमा अध्यापन समेत गराएको उनका दाजु सिर्जना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्मर बहादुर के.सी ले बताए ।

के.सीले अमेरिकामा रहेपछि अमेरिका रहेका ४ लाख भन्दा बढी नेपाली एउटै छाना मुनी रहनु पर्ने , नेपालको विकासमा सहभागि हुनुपर्ने बताउदैँ आएका छन् । के.सीका पुस्तक, लेख रचनाहरु समेत प्रकाशन भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.