www.tandavnews.com
Fact ~ In search of truth

प्राणवायुको जोहो गर्न जुट्यो बतास फाउण्डेशन, जुट्दैछन् सहयोगी हात

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान । कोरोनाको नयाँ भेरियन्ट यमराज बनेर देखिँदा पनि बन्न सकेको छैन अक्सिजन प्लान्ट । कोरोनाले बिरामीको चाप नहुँञ्जेल प्रायः कसैलाई पनि अक्सिजन प्लाण्टबारे चासो थिएन । तर जब कोरोना महामारीपछि विरामीहरुको संख्या बढ्न थाल्यो तब अक्सीजनको समस्या सुरु भयो । समस्या परेपछि मात्र बल्ल धेरैको ध्यान प्लाण्ट निर्माणतर्फ गएको छ ।

कोरोना भाइरस संक्रमितहरुका लागि प्राणवायु अक्सिजनको अभाव भएकै कारण छिमेकी मुलुक भारतमा सयौं बिरामीको ज्यान गुमाईरहेका अवस्थामा पोखरामा अक्सिजनको अवस्थाबारे विभिन्न समाचारहरु आउन थाले । आम विपन्न नागरिकहरुको भएको प्रदेशकै ठूलो सरकारी अस्पतालमा समेत विभिन्न सप्लायर्समार्फत अक्सिजन आपूर्ति भैरहेको जानकारी पाएपछि पोखराको ठूलो व्यापारिक संस्था बतास फाउन्डेसनले प्लान्ट निर्माणको जमर्को गरेको हो ।

Batas

प्लान्ट नहुँदा खेपेको समस्यालाई मध्यनजर गर्दै फाउण्डेशनका अध्यक्ष आनन्द बतासले पोखराका राजनीतिज्ञ, समाजेवी, व्यापारी, चिकित्सक, सञ्चारकर्मी लगायतको साथ लिएर प्लाण्ट निर्माणको योजना अघि सारेका हुन् । उक्त प्लाण्टका लागि हालसम्म ३ करोड ३३ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

प्लान्ट निर्माणमा सघाउन हालसम्म ३ सय ३२ जनाले सहयोगको प्रतिवद्धता जनाईसकेका छन् । सहयोग गर्ने सबैको नाम बतासले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । रकम जम्मा गर्नको लागि ग्लोबल आईएमइ बेैक, पोखरा बतास फाउन्डेसन, खाता नम्बरः–६५०१०१००००४७७ मा रकम जम्मा गर्न सकिने बताईएको छ ।

आवश्यक सबै रकम सहयोगबाटै जुटाउने लक्ष्य राखिएको निर्माण समितिका सदस्य, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं व्यवसायी विश्वशंकर पालिखेले ताण्डव न्यूजलाई बताए । पालिखेका अनुसार करिब डेढ करोड रुपैया नगद शंकलन भईसकेको र बाँकी सहयोगको प्रतिवद्धता मात्र भएको हो ।

प्लाण्टका लागि आवश्यक पर्ने सामानहरु विदेशबाट ल्याउनुपर्ने भएकाले यत्ति नै समय लाग्छ भनेर यकिन नभएको उनले बताए । तर सक्दो छिटो प्लाण्ट निर्माण गरिने पालिखेले बताए । चाडो गर्नका लागि सरकारी अधिकारीहरुसँग पनि छलफल गरिरहेको उनको भनाई थियो ।

यसैबीच फाउण्डेशनले स्थानीय तहलाई पनि साथ लिने प्रयास स्वरुप पोखरा महानगरपालिकाका प्रमुख मानबहाजुर जिसीलाई संरक्षक तोकेको छ । समितिको संयोजकमा बतास स्वयं रहेका छन् । अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायणप्रसाद पौडेल समितिको समितिको कोषाध्यक्ष चयन भएका छन् ।

समितिका सदस्यहरूमा केसी ग्रुपका किरण केसी, सेलवेज ग्रुपका प्रवन्ध निर्देशक सुशीलमान प्रधानाङग, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, सुपरमादी हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाना र पत्रकार दीपेन्द्र श्रेष्ठ छन् । यअसघि बतास फाउण्डेसका तर्फबाट २५ लाख रुपैयाँ बिउ पुँजी राखेर अभियान सुरू भएको थियो ।

थप रकमका लागि उनले सहयोग गर्न दानी मनहरुलाई बतासले आग्रह समेत गरेका छन् । जसले जति सहयोग गर्न चाहानुहुन्छ त्यति नै सहयोग गर्न आग्रह गर्दै बतासले सबैको सहयोग रकम पारदर्शी ढंगले सार्बजनिक गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सहयोग रकम दिने प्रतिबद्धता व्यक्त गर्नका लागि तत्कालका लागि आफ्नै फेसबुकमा कमेन्ट लेख्न आग्रह गरेका छन् । उनले दिनहुँजसो फेसबुकमा अक्सिजन प्लाण्ट निर्माणार्थ अपीलसमेत पोष्ट गर्दै आएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.