www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्यको जिम्मा लिएपछि मुख्यमन्त्रीको ब्रिफिङः बजेट दिन्छु, बिरामी बचाउँनुहोस्

पोखरा/ताण्डव न्यूज ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका पदाधिकारीलाई कोभिड सुरक्षा र सतर्कतासम्बन्धी ब्रिफिङ गरेका छन् ।

कोरोना प्रकोपकाबीच अहिले देखिएको भेरियन्ट झनै खतरनाक भएको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेशमा स्वास्थ्यको संरचना, उपकरण र जनशक्तिलाई प्राथमिकतामा राख्न निर्देशन दिए । प्रदेश सरकारले हाल महत्व दिएको उक्त तीन प्रमुख विषयलाई पुरा गर्न आफुले संघीय सरकारसँग संयोजन गर्ने बताउँदै गुरुङले सम्बन्धित निकाय र व्यक्तिलाई तत्काल एक्सनमा जान अनुरोध गरेका छन् ।

Batas

‘कोभिडको क्षेत्रमा काम गर्न खर्चिलो छ’ ब्रिफिङका दौरान उनले भने ‘तर बजेट जुटाइन्छ, जसरी पनि पुरा गर्नुपर्छ, हामीलाई जनता बचाउने जिम्मेवारी छ ।’ तर खर्चमात्रै गर्ने हैन काम गराई नतिजामुखी हुनुपर्नेमा उनले जोड दिए । ‘खर्च र जनशक्ति कति चाहिन्छ, भन्नुहोस् । म सबै पुरा गराउँछु तर सेवा दिनुहोस्’ उनले निर्देशनात्मक शैलीमा भने ।

गण्डकीमा स्वास्थोपचारकालागि प्रदेश सरकार र मन्त्रालय सक्षम र स्मार्ट हुनुपर्ने मुख्यमन्त्रीको गुरुङको धारणा छ । कोभिडका बिरामीलाई बचाउँन औषधोपचार र अक्सिजनमात्र नभएर मनोवैज्ञानिक परामर्शसमेत आवश्यक रहेकाले स्वास्थ्यकर्मीहरु व्यावहारिक हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए ।

ब्रिफिङमा स्वास्थ्य निर्देशनालाय गण्डकी प्रदेश प्रमुख डा. विनोद विन्दु शर्मालगायतका पदाधिकारीको सहभागिता थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.