www.tandavnews.com
Fact ~ In search of truth

संक्रमितलाई खाना जुटाउँदै सांसद पहारी

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी कोभिड –१९ बाट संक्रमितका लागि खाना जोहो गर्न लागि परेका छन् ।तीन दिन अघि मात्रै आफु कोरोना संक्रमणबाट मुक्त भएका पहारी संक्रमितको हेरचाह र सेवामा लागेका हुन् ।

उनी हिजो एम्बुलेन्स व्यवस्थापनमा जुटेका थिए भने आज संक्रमितहरुको लागि खाना व्यवस्थापनमा जुटेको उनको सचिवालयले जनाएको छ।

Batas

बिरामीहरुलाई भोजनको व्यवस्थापन गर्न उनी पोखरा महानगरपालिका वडा न ३० मा अवस्थित गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सक्रमित तथा सरुवा रोग अस्पतालमा पुगेका हुन।

उक्त अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीहरुलाई दश दिनको लागि खाना,खाजाको व्यवस्थापन गरिएको छ। सो अभियानमा नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भिष्मराज पौडेल तथा जर्जियाका लागि नेपालका पर्यटकिय सद्भाव दुत दिपक पहारी र उनको परिवारले खाना खाजाको व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ।

महामारीमा बिरामीलाई उपचार ,सकारात्मक उत्प्रेरणा र पौष्टिक खाना महत्वपूर्ण रहने हुँदा आफू बिरामीको हेरचाह खानाको बन्दोबस्तमा जुटेको सांसद पहारीले प्रतिक्रिया दिए ।

अहिलेको मुख्य काम जनताको जिउ र स्वास्थ्यको रक्षा भएको भन्दै पहारीले आर्थिक वर्ष २०७७/७८ को खर्च हुन बाँकी रहेको विकास बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताए। उनले भने,‘ज्यान रहे विकास गर्दै गरौँला ,पहिले जनता जोगाऔं ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.