www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नजिक

पोखराका ९ सहित १९ संक्रमितको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नजिक पुगेको छ ।

प्रदेशमा आज १९ संक्रमितले ज्यान गुमाएसँगै गण्डकीमा संक्रमणबाट ज्यान जानेको संख्या ४९७ पुगेको हो ।स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अपडेट अनुसार पोखराका ९ सहित प्रदेशभरका १९ संक्रमितको मृत्यु भएको हो ।

Batas

पोखरामा मृत्यु हनेमा दुई जनाको होम आइसोलेसनमा ज्यान गएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको अनुसार पोखरा महानगरपालिका १६ का ३४ वर्षीय पुरुष र पोखरा १७ का ९६ वर्षीय महिलाको होम आइसोलेसनमा रहेकै अवस्थामा ज्यान गुमेको हो ।
यस्तै पोखरा १० का ५९ वर्षीय पुरुष र पोखरा २७ की ४८ वर्षीया संक्रमित महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मणिपालमा उपचाररत पोखरा ५ का ९० वर्षीय वृद्ध, मेडिप्लस अस्पतालमा उपचाररत पोखरा ११ का ५८ वर्षीय पुरुष, गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका पोखरा १३ का ५९ वर्षी पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै पोखरा ३ की ६५ वर्षीय संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा ३३ का ८६ वर्षीय कोरोना संक्रमित पुरुषको संक्रामक तथा सरुवा रोग अस्पतालमा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यसैबीच पर्वतका ३, तनहुँका ३, स्याङ्जाका २ र नवलपरासीका २ जना संक्रमितको पनि मृत्यु भएको छ ।

स्याङ्जाका चापाकोट नगरपालिका ७ का ६५ वर्षीय संक्रमितको पोखराको गण्डकी मेडिकल कलेज र अर्जुनचौपारी गाउँपालिका ६ का ५२ वर्षीय संक्रमितको उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लैजादैँ गर्दा ज्यान गएको बताइएको छ ।

तनहुँ व्यास ६ का ६० वर्षीय संक्रमितको गण्डकी मेडिकल कलेज र शुक्लागण्डकी नगरपालिका ४ का ६५ वर्षीय संक्रमितको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै ज्यान गुमाउनेमा नवलपरासी पूर्व, विनयत्रिवेणी गाउँपालिका ४ का ८६ वर्षीय र कावासोती नगरपालिका ८ का ६८ वर्षीय संक्रमित रहेका छन् ।

पर्वतका तीनै जना संक्रमितको पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।पर्वत मोदी गाउँपालिका ४ की ७० वर्षीय संक्रमित महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, पर्वत कुश्मा नगरपालिका १ का ४५ वर्षीय संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पताल र कुश्मा नगरपालिका ६ का ५० वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.