www.tandavnews.com
Fact ~ In search of truth

भुजेलको निधनमा पोउवा संघद्वारा दुःख व्यक्त

पोखरा/ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य (वस्तुगत) रुपनारायण भुजेलको शुक्रबार भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले शोक व्यक्त गरेको छ ।

संघले आज शोक विज्ञप्ति जारी गर्दै भुजेलको निधनबाट संघ मर्माहत भएको जनाउँदै देहमुक्त आत्माको चिरशान्तीको कामना गरेको छ । ‘पोखरा उद्योग वाणिज्य संघले आफ्ना क्रियाशिल सदस्य मात्रै गुमाएको छैन, समाजबाट नै एक अग्रणी व्यक्ति खोसेर लगेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Batas

स्वर्गीय भुजेल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य,मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष एवं विभिन्न सामाजिक संघ÷संस्थाको नेतृत्वदायी भूमिकामा रहेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.