www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज संक्रमित भन्दा निको हुने धेरै

एक हजार ९६ जना निको हुदाँ एक हजार ३ सय ५३ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको तथ्यांक अनुसार आज प्रदेशभर १३ सय ९६ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा प्रदेशमा १ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

आज निको भएकासँगै प्रदेशमा हालसम्म २२ हजार ७ सय ९४ जना निको भएका छन् । भने कुल संक्रमितको संख्या ३३ हजार १ सय १३ रहेको छ ।

संक्रमित हुनेमा कास्कीका ३८३,बागलुङका २०४, म्याग्दीका १०७,गोरखाका ९८,नवलपरासीका ७४, पर्वतका ६५,तनहुँका ५४,लमजुङका ३६ र स्याङ्जाका ३२ जना रहेका छन् ।

आज प्रदेशमा १९ संक्रमितले ज्यान गुमाए । हाल प्रदेशमा ९ हजार ८ सय २६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार ६ सय १६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.