www.tandavnews.com
Fact ~ In search of truth

चन्द्रागिरिको आइसोलेसन केन्द्रमा ‘क्लासिक टेक’को निःशुल्क इन्टरनेट सेवा

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगर स्तरिय आइसोलेसनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारी विरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ मा निर्मित आइसोलेसन केन्द्रको लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिकटेक प्रालिले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको छ ।

सो स्थानमा  कोरोना संक्रमितहरुको सुबिधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो । क्लासिक टेकले संस्थागत सामाजिक भूमिका पहिलेदेखि निभाउँदै आईरहेको छ भने यसपटक
आइसोलेसन केन्द्रमा इन्टरनेट प्रदान गरेको  छ ।

Batas

सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध गराएको छ, जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर परिवारसंग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरुलाई समेत सहज बनाउने उद्धेश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको हो।

सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।

कम्पनीले आगामी दिनहरुमा पनि आफ्नो सामाजिक संस्थागत जिम्मेबारीअन्तरगत विभिन्न कार्यहरु गरिरहेन प्रतिबद्धता जाहेर गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.