www.tandavnews.com
Fact ~ In search of truth

२ सयभन्दा बढीको मृत्यु भएपछि भारतको विभिन्न राज्यमा ‘ब्ल्याक फङ्गस’लाई महामारी घोषणा गरियो

एजेन्सी ।

भारतको विभिन्न राज्यमा ब्ल्याक फङ्गस (कालो ढुसी) लाई महामारी घोषणा गरिएको छ ।

भारतको राजधानी दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तरप्रदेश, गुजरात, झारखण्ड लगायतका विभिन्न राज्यमा कालो ढुसीको सङ्क्रमणको दर बढ्दै गएपछि महामारी घोषणा गरिएको हो । भारतमा हालसम्म कालो ढुसीको सङ्क्रमणका कारण ७ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा सङ्क्रमण फैलिएको छ ।

Batas

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको भएकाहरुमा यो समस्या तीव्र गतिमा फैलिन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । केन्द्र सरकारले पनि यदि कालो ढुसीको सङ्क्रमण नियन्त्रणभन्दा बाहिर गयो भने देशव्यापी रुपमा महामारीको घोषणा गर्ने बताएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.