www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन गर्न विपक्षी दलका सांसदहरूको भेला हुँदै

काठमाण्डौँ।

प्रतिनिधि सभा विघटनको विरुद्ध कानुनी लडाइका लागि नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरूको भेला आज हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने हिजोको विपक्षी गठबन्धनको बैठकले निर्णय गरेको थियो । त्यही प्रयोजनका लागि हस्तक्षर सङ्कलन लगायत कागजी प्रक्रिया पु¥याउन सांसदहरू एक ठाउँमा भेला हुन लागेका हुन् । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको जानकारी दिएका छन् ।

Batas

आज बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा विपक्षी गठबन्धनका सांसदहरूको भेला हुँदै छ । रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सर्वाेच्च जाने तयारी विपक्षी दलहरूको छ । विपक्षी गठबन्धनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी थिईन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.