www.tandavnews.com
Fact ~ In search of truth

कोरोना कहरबीच नवलपुरमा थपिए २७ सय उद्योग

नवलपुर ।

कोरोना कहरका बेला पनि गण्डकी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी पूर्वमा करिब २७ सय उद्योग व्यवसाय थपिएका छन् ।
नवलपुरमा १० महिनाको यो अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका हुन  ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए ।

Batas

कोरोना कहरकै बीच जिल्लामा यो संख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताए । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उनले बताए ।

कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको संख्यामा कमी नआएको कार्यालय प्रमुख सुवेदीले बताए ।

चालु आर्थिक वर्षको १० महिनामा ५१६ उद्योग नवीकरण भएका छन् । यसै अवधिमा ६९२ व्यवसाय नवीकरण भएको कार्यालय प्रमुख सुवेदीले बताए । उनको अनुसार निधेषाज्ञाका कारण अहिले भने नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको छैन ।

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नवीकरण, ठाउँसारी, पूँजी वृद्धि, उद्देश्य थपमार्फत १० महिनामा कूल एक करोड १९ लाख ५२ हजार २७० राजश्व संकलन गरेको छ । उद्योग तर्फबाट ६६ लाख ३५ हजार ९७५ र वाणिज्यतर्फ ५३ लाख १६ हजार २९५ राजश्व संकलन भएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.