www.tandavnews.com
Fact ~ In search of truth

विपक्षी गठबन्धनले भौतिक रुपमै अदालत उपस्थित भई रिट हाल्ने

काठमाडौं
ताण्डव न्यूज ।

विपक्षी गठबन्धनका १४९ सांसदले भौतिक रुपमै अदालतमा उपस्थित भई रिट हाल्ने तयारी गरेका छन् ।
काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनका लागि १४९ सांसदले हस्ताक्षर गरे पश्चात सबैजना सर्वोच्च जाने तयारी गरेका हुन्।

आफूहरुसँग बहुमत हुँदा हुँदै संसद विघटन गरिएको भन्दै काँग्रेस, माओवादी, जसपा लगायत दलका १४९ सांसदहरुको नागरिकता र सांसदको परिचयपत्र कांग्रेस संसदीय दलमा बुझाइएको छ ।

Batas

सरकार गठनका लागि राष्ट्रपतीले दिएको समयसीमा भित्र १४९ सांसदको हस्ताक्षर सहित शितलनिवास पुगेका दलहरुले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सभापती देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए ।

राष्ट्रपती समक्ष पुगेका दलहरुले देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारी गरेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.