www.tandavnews.com
Fact ~ In search of truth

‘एक व्यक्ति एक सिलिन्डर’:पोखरा चेम्बर अफ कमर्सद्धारा आर्थिक संकलन अभियान

पोखरा ।

पोखरा चेम्बर अफ कमर्शले एक व्यक्ति एक सिलिन्डर अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ ।

पछिल्लो समय अक्सिजन सिलिन्डर अभाव भईरहेको र संक्रमितले ज्यान गुमाइरहेको यो अवस्थामा राहत पुग्ने अपेक्षाले आफुहरुले अभियानको थालनी गरेको कमर्स कास्कीका अध्यक्ष किसान सुनारले बताए ।

Batas

कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आइतबार एक प्रेस नोट जारी गर्दै सो जानकारी दिएका हुन् ।

सुनारले अभियान अन्तर्गत कास्की जापान सम्पर्क मञ्चले सात लाख रुपैयाँ बराबरको ५० वटा सिलिन्डर उपलब्ध गराएको र आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको प्रेस नोट जारी गर्दै जानकारी दिएका छन् ।

सिलिन्डर संकलन अभियानमा आर्थिक सहयोगको साथै चिकित्सकको प्रेस्क्रिप्सन बिना आफ्नो घर, संस्था वा ग्यारेजहरुमा स्टक राखिएका सिलिन्डरहरु आफुहरुलाई उपलब्ध गराइदिन सुनारले आग्रह गरेका छन् ।

आफ्नो घर वा संस्थामा प्रयोगमा नआएका सिलिन्डर भए ९८५६०२८६२६/९८५६०३४२५० मा फोन सम्पर्क गरि आफुहरुलाई हस्तान्तरण गरिदिन अभियानका संयोजब प्रेम सुवेदीले अनुरोध गरेका छन् ।

अभियानद्धारा संकलित सहयोग कास्कीका विभिन्न स्थानीय तहलाइ एक हप्ता भित्र हस्तान्तरण गर्ने सुवदीले जनाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.