www.tandavnews.com
Fact ~ In search of truth

कास्की: मृतक संख्या घट्यो, पोखराका २ संक्रमितले गुमाए ज्यान

गण्डकीका १५ सहित १७ संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

आज कास्कीमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या निकै घटेको छ । हिजो मात्रै पोखराका ११ संक्रमितको ज्यान गएकोमा आज भने यो संख्या घटेको छ । स्वास्थ्य निर्देशनालयको अनुसार आज पोखराका २ संक्रमितको मात्र मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशका १५ र अन्य स्थानका २ गरि प्रदेशमा १७ संक्रमितको ज्यान गएको छ ।आज ज्यान गुमाएकासँगै प्रदेशमा संक्रमणका कारण ५३१ को मृत्यु भएको छ ।

Batas

पछिल्लो समय कास्कीका २ संक्रमितको मृत्यु भएको छ । पोखरा ५ का ४६ वर्षीय संक्रमित पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा महानगर १० का ५० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यस्तै सिन्धुली पिपलगाउँ ८ की ३५ वर्षीया संक्रमित महिला र भारत गोरखपुरकी ६४ वर्षीया महिलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

ज्यान गुमाउनेमा नवलपरासी पूर्वका १, तनहुँ र लमजुङका १/१ जना रहेका छन् ।यस्तै गोरखाका २, स्याङ्जाका ४, म्याग्दीका ३ र पर्वतका एक संक्रमितको निधन भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.