www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमणबाट निको हुने बढ्दै,आज ६९९ जना सन्चो भए

कास्कीका २९५ सहित थपिए ९४६ संक्रमित

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित बन्ने र मृत्यु हुनेको संख्या दिनदिनै घटबढ भईरहेको छ । संक्रमित बढेसँगै त्यही दरमा हाल निको हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर ६९९ जना सन्चो भएका छन् । यो सँगै निको हुनेको संख्या अहिले २३ हजार ७६७ रहेको छ ।

हिजो संक्रमित घटेकोमा आज भने प्रदेशमा फेरि संक्रमित बढेका छन् । आज प्रदेशमा ४४३ महिला र ५०३ पुरुष गरि कुल ९४६ संक्रमित थपिएका छन् ।हिजो गण्डकीमा ५२३ संक्रमित थपिएका थिए ।

Batas

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आज कास्कीमा २९५,म्याग्दीका १८१, गोरखाका १७१,बागलुङका ९५,स्याङ्जाका ९०,तनहुँका ६१,नवलपरासीका २५,पर्वतका १८,लमजुङका ८ र मस्ताङका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ हजार ५ सय ८२ पुगेको छ ।प्रदेशमा हाल १० हजार २८४ जना सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ८२ जना होम आइसोलेसनमा रहको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १ लाख ७७ हजार ३१३ जनाको परीक्षण भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.