www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्चमा जाँदै

काठमाण्डौँ ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेका हुन् । हिजो नै रिट लिएर जाने तयारी भए पनि नभ्याइएको जानकारी दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ११ बजे विपक्षी गठबन्धनमा रहेका सबै सांसद सर्वोच्चमा जान लागेको बताए ।

Batas

विपक्षी मोर्चाले १ सय ४९ भन्दा धेरै सांसद सर्वोच्च जाने दावी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटनको घोषणा गत शनिबार बिहान गरेकी थिइन् । मध्यावधि निर्वाचनका लागि चुनावको मिति घोषणा गरिएपछि यो असंवैधानिक भन्दै विपक्षी मोर्चा असन्तुष्ट छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.