www.tandavnews.com
Fact ~ In search of truth

मोबाईल र इन्टरनेटको पहुँच बढ्दै,दश महिनामा साढे ६३ लाख बढी मोबाईल आयात

काठमाडौं
ताण्डव न्यूज ।

बन्दाबन्दीका कारण ईन्टरनेट र मोवाईल फोनमा मानिसहरुको पहुँच बढ्दै गएपछि दूरसञ्चार सेवासँग सम्बन्धित सामानको आयातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको बैशाखसम्मको तथ्यांक हेर्ने हो भने मोबाइल सेट मात्रै ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रूपैयाँ बराबरको आयात भएका छन् ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनामा उक्त मूल्यका ६३ लाख ५५ हजार २३४ थान मोबाइल नेपाल भित्रिएका छन् । यो आयात गतवर्षको सोही अवधिको तुलनामा आधाभन्दा धेरैले वृद्धि हो ।

गत आर्थिक वर्षको बैशाखसम्म १४ अर्ब बढीको मोबाइल फोन आयात भएको थियो । उक्त अवधिमा १४ अर्ब ६८ करोड ९० लाख २४ हजार रूपैयाँ बराबरको ३९ लाख ५१ हजार ३०७ मोबाइल सेट आयात भएको थियो ।

गत आवको भन्दा यो आवको बैशाखसम्म दोब्बर बढी मूल्यका मोबाइल आयात भएका छन् । चालु आर्थिक वर्षको बैशाखसम्म मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ७ करोड ९४ लाख ३८ हजार रूपैयाँ राजस्व प्राप्त भएको छ ।

गत आवको बैशाखसम्म मोबाइल आयातबाट सरकारलाई २ अर्ब ३२ करोड ६९ लाख २६ हजार रूपैयाँ राजस्व प्राप्त भएको थियो । यो आवमा मोबाइल आयात वृद्धि भएपछि सरकारले पाउने राजस्वमा समेत वृद्धि भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.